असोज १८, २०८३ आइतबार October 4, 2026

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट सम्पन्न : ”मेम्बरसिप ग्रोथ अफ दि मन्थ ”को उपाधी हेरिटेज धरहरालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ के नेपालको क्याबिनेट अफिसर्स ईन्स्टलेशन तथा प्रथम क्याबिनेट बैठक भब्य समारोहका बिच सम्पन्न भएकाे छ ।

डिष्टिक्ट ३२५ के नेपालका गर्भनर लायन राजेन्द्र कुमार बाटाजुको सभापतित्वमा राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा सम्पन्न भएको हो । क्याबिनेट बैठक कार्यक्रममा लायन्स क्लब अन्तरास्ट्रिय डाइरेक्टर के बंशिधर बाबुको प्रमुख आथित्यता/ पास्ट अन्तरास्ट्रिय डाइरेक्टर लायन सन्जय खेतानको बिशिस्ट आतिथ्यता रहेको थियो ।

आइडी इन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटी, जि.ए.टि लायन खगेन्द्र सिटौला, मल्टिपल काउन्सिल चियर्पसन लायन केसव पाण्डे लगायत अन्य विभिन्न डिस्ट्रीकका पदाधिकारीहरुको आतिथ्यतामा शनिवार सम्पन्न कार्यक्रममा करिब १५ सय भन्दा बढी प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ के नेपालको प्रथम क्याबिनेट बैठकमा लायन्स क्लब अफ काठमान्डौ हेरिटेज धरहरालाई ”मेम्बरसिप ग्रोथ अफ दि मन्थ जुलाइ २०२२” र सामजिक सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा प्रमाणपत्रबाट सम्मान गर्नु भएको छ ।

आइडी इन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीले उक्त कार्यक्रममार्फत क्लबका प्रथम उपाध्यक्ष लायन मच्छिन्द्र आचार्यलाई क्लबको उत्कृष्ठताको लागी धन्यवाद सहित उक्त सम्मान गर्नुभएको हो । यसैगरी क्लबका निबर्तमान अध्यक्ष तथा जोन १५ का जोन चियर पर्सन लायन शक्ति श्रेष्ठलाइ पनि प्रमाणपत्र बाट सम्मान गर्नु भएको छ।

क्लबलाइ गरिएको सम्मानले अझै सामाजिक सेवाको क्षेत्रमा काम गर्न उत्प्रेरित गरेको र आउने दिनमा क्लबले डिस्ट्रीकको योजना बमोजिम गरिने रक्तदान, बृक्षरोपण, स्वास्थ शिविर संचालन तथा विभिन्न सामिजिक सेवाको क्षेत्रमा काम गर्ने हौसला मिलेको क्ल्बकाअध्यक्ष लायन राजाराम थापाले बताउनुभयो ।

३४ सदस्यीय हेरिटेज धरहरामा ८५ प्रतिशत भन्दा धेरैले रजिष्ट्रेशन गरेपनि कार्यक्रमस्थलमा शतप्रतिशत लायन सदस्यहरुको उपस्थिति गराउन सफल भएको क्लबका द्धितिय उपाध्यक्ष लायन भुपेन्द्र सिलवालले बताउनुभयो ।

हेरिटेज धरहराले नयाँ बर्षको शूरुवात अर्थात पहिलो महिनामै ६ जना स्थायी नयाँ सदस्य थप गरेर डिस्ट्रिक्टको मिशन पुरा गरेको सचिव लायन टिकादत्त अधिकारीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार