असोज ८, २०८३ बिहिबार September 24, 2026

विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिका कर्माचार्य प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका प्रिन्सिपलका साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ ।

छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् । घटना बाहिर आएपछि विद्यालयले पनि शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।
कर्माचार्य १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका हुन् । उनले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरुकाअनुसार उनले त्यहीबेला राम्रो नम्बर नल्याउनेको हात चिरिदिने चेतावनी दिएकी थिइन् ।

परीक्षाको फुलमाक्स २० र पासमाक्स ८ र निर्धारण गरिएको थियो । परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै उनले बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याइन् । सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् ।

निर्देशन नमाने आफैं चिरिदिने धम्की दिएपछि विद्यार्थीहरुले आ-आफ्नो हात काटेको पीडित विद्यार्थीहरुले बताएका छन् ।

सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको छ । उनीहरुको हातमा १५ देखि २० पटक ब्लेडले चिरिएको छ ।

कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार