बैसाख ८, २०८३ मंगलबार April 21, 2026

अहिलेसम्म ४ जना नेपालीलाई कोरोना संक्रमण, ४४१ जनाको परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अहिलेसम्म चार नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा १ र विदेशमा ३ गरी ४ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।
सुरुमा चीनबाट फर्किएका १ नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।

तर उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै यूएईमा दुई र अस्ट्रेलियमा एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको हो। सबै गरेर अहिलेसम्म ४ नेपाली कोरोनाबाट संक्रमित देखिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको नमुना (र्‍याल/रगत) परीक्षण गरिसकिएको छ। तर ती कसैमा कोरोना संक्रमण नदेखिएको उनले जानकारी दिएका छन।

यो संख्या चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपालीसमेतको हो।

‘सुरुका १ जना (जो निको भइसके)बाहेक टेकुमा परीक्षण गरिएका कसैमा पनि कोरोना भाइरस पाइएन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले भने, ‘हिजो साँझसम्मको रिपोर्टअनुसार ४४१ जनाको परीक्षण गरियो, त्यसयता थप शंकास्पद व्यक्ति भर्ना भएका छैनन्।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया