काठमाडौं । नोवल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको छलफल सुरु भएको छ।
कोरोनाको रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मंगलबार दिउँसो समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले् सम्बन्धित व्यक्ति र संस्थाका प्रमुखसँग छलफल गरेका हुन्।
छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु र निजी क्षेत्रका प्रतिनिधिहरु पनि सहभागी रहेका छन्।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, पर्यटन तथा नगरिक उड्ययन मन्त्री योगेश भट्टराई सहभागी रहेका छन्।
छोलफलमा कोरोनको रोकथामका लागि सरकारले चाल्ने कदमका बारेमा छलफल हुने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया