काठमाडौं । शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन ३ हजार रुपैयाँ सस्तो भएको हो।
त्यस्तै बिहीबार प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ७८ हजार २ सय रुपैयाँमा झरेको छ। आज बजारमा चाँदी समेत ४० रुपैयाँ सस्तो भएको छ।
संघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको छ। चाँदी अघिल्लो दिन ८ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया