श्रावण १८, २०८३ सोमबार August 3, 2026

“इन्टरनेट” म्युजिक भिडियोमा नम्रता र विनोदको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ ।

खुन्दे बाट  म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ । खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो । यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग सिधा जोडिएको छ । खुम्जुङ उपत्यका समुन्द्र सतहबाट ३८०० मिटर देखी ४००० मिटरको बीचमा गएर गीतको बिमोचन गरेका छन् ।

यस म्युजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडि राम्रो जमेको छ । अन्य कलाकारहरुमा असिम रानाभाट‚हिमा थापा‚आशिषदेव रुपाखेती‚कुमार मिलन‚ हिमान्सु रहेका छन् । त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् ।

म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । यस गीत बिमोचनका लागी विदेशी मित्रहरु इन्टरनेट सोसाइटीबाट नाभिद उल हक‚ जोआओ पाउलो अगुयर , छेपाल शेर्पा  र अन्य खुन्ब्दे समुदायहरु सहभागी भएका छन् ।

गोकर्ण फोरेस्ट रिसोर्टमा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेव रुपाखेती ढुक्क देखिएका छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया