वैशाख २५, २०८१ मंगलबार May 7, 2024

गायक राणाको ‘नखरा कबुल’ म्युजिक भिडियोमा वर्षा र पुष्पको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वर छ । गीतमा  शब्द नारायण नेपालको छ भने शशीविक्रम थापाको सङ्गीत छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  छ । बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत सार्वजनिक भएको हो ।

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याै’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया