असोज २०, २०८३ मंगलबार October 6, 2026

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने समूह र प्रहरीबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भारतबाट आएका नेपाली जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा झडप भएको छ।

मंगलबार बिहान ठूलो संख्यामा रहेका नेपालीले जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो।

सरकारले मंगलवारदेखि निषेधाज्ञा (लकडाउन) गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समयमा भारतबाट फर्किएका तीन सय नेपाली गौरीफन्टा नाकामा रोकिएका छन्।

सरकारले नाका भित्रिन नदिन निर्देशन दिएको छ। तर गौरीफन्टा नाकामा रोकिएकामध्ये केहीले ढुंगामुढा गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन।

अहिले गौरीफन्टा नाका बाँक्लो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ। नाका रोकिएका नेपालीलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन।

उनका अनुसार नेपाल प्रवेश गर्नेहरुलाई गन्तव्यसम्म पु¥याउन पहल भइरहेको छ। सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसँग जिल्लागत विवरण मागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार