असोज २०, २०८३ मंगलबार October 6, 2026

अमेरिकामा ४ नेपालीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकामा ४ नेपालीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। तीमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन्।

अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)—अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँका अनुसार न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर छ। ज्याक्सन हाइट (न्युयोर्क) बसोबास गर्ने उनीहरु तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्।

‘ज्याक्सन हाइटका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो। ती सबै पुरुष हुन्। तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ’, बानियाँले नेपालखबरसँग भने, ‘न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ।’ उनका अनुसार उपचाररत ४७ वर्षीय नेपाली पुरुष उबर चालक हुन्।

५० वर्षीय नेपालीमा ५ दिन अगाडि कोरोना भाइरस (कोभिड—१९) देखिएको थियो। उनमा कोरोना संक्रमण देखिएपछि परिवार सदस्यहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ। रिपोर्टको पर्खाइमा रहेका उनीहरु हाल घरमै ‘सेल्फ आइसोलेसनमा’ बसिरहेका छन्।

एनआरएनए अमेरिकाका जनसम्पर्क समिति सदस्य बानियाँका अनुसार भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा २ दिन अगाडि कोरोना भाइरस पोजिट देखिएको हो। उनी फेयर फ्याक्सकी बासिन्दा हुन्। उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाव दिएका हुन्।

कोरोना फैलिने देशहरुको सूचीमा पछिल्लो समय अमेरिका अगाडि छ। न्युयोर्क टाइम्सका अनुसार अमेरिकाभित्र पनि न्युयोर्कमा यो भाइरस छिटो फैलिइरहेको छ। न्युयोर्क सहर अमेरिकामा कोरोना संक्रमण देखिने सहरमध्ये अग्रस्थानमा छ। त्यहाँ जाँच गराउने मध्ये २८ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार