भाद्र २, २०८३ मंगलबार August 18, 2026

मध्यपुरथिमिका घरघरमा स्वास्थ्यकर्मी, स्वाब सङ्कलन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नाका साथै कोरोना संक्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ ।

विदेशबाट आएका नागरिकको पहिचान गरी उनीहरुका घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन शुरु गरिएको छ । “मध्यपुरथिमिमा विदेशबाट फर्किएका प्रत्येक नागरिकको पहिचान गर्दै घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर ज्वरो नाप्ने, ट्राभल हिस्ट्रीदेखि सबै डाटा लिने गरेका छौँ”, नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने “टेकु अस्पतालबाट किट ल्याएर शंकास्पद व्यक्तिको स्वाब संकलन गरी टेकु पठाउन शुरु गरेका छौँ ।”
विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै उनले शंकास्पद आए उपचार गर्न आइसोलेशनदेखि चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताएका छन । नगरपालिकाले अहिलेसम्म वडा नं ५, ६ र ९ मा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरी स्वास्थ्य परीक्षण गरेको छ भने विदेशबाट फर्किएका अन्य वडाको पनि खोजी एवं लगत संकलन शुरु गरेको छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा चार भेन्टिलेटरसहित कोरोना संक्रमित मात्रै बोक्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । मध्यपुरथिमिका मात्रै नभई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा शय्या अभाव भएमा यहाँ उपचारमा गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । संक्रमितको उपचारमा खटिने चिकित्सकको टोलीका लागि अवश्यक पिपिइ सेट सहित सबै सामग्री तयार छ ।
“कोरोना संक्रमितको उपचारका लागि हामी तयारी अवस्थामा छौँ, हाम्रो अस्पतालमा अहिले चार वटा भेण्टिलेटर सहित आइसियु तयारी छ, दुईवटा भेण्टिलेटर थप्ने तयारीमा छौँ”, नगर प्रमुख श्रेष्ठले भने, “चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अवस्थामा राखेका छौँ, अस्पतालको नयाँ ब्लक र भवनमा तत्काल १६ शय्याको आइसोलेशन वार्ड तयार छ, एउटा गेष्टहाउसलाई क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखेका छौँ ।” आवश्यकता पर्दा आइसोलेशन वार्डलाई ४० शय्यासम्म पु¥याउने गरी तयारी गरिएको छ ।

अस्पताल नजीकैको गेष्ट हाउसलाई बिरामीको उपचारमा २४ सै घण्टा खटिन चिकित्सकसहितको टोलीका लागि आवासीय व्यव्स्था गरिएको जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले गेष्ट हाउसमै क्वारेन्टाइनको समेत व्यवस्था गरिएको बताएका छन । उहाँले गेष्ट हाउस र बोडेको कृषि विकास बैंकको तालीम भवनमा ७० जना क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जानकारी दिँदै आवश्यक परे यसलाई थप्दै जाने बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार