वैशाख २३, २०८१ आइतबार May 5, 2024

राष्ट्रपति भण्डारी स्वयम्भूमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूको अबलोकन गर्नुभएको छ ।

स्वयम्भुस्थित जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको शनिबार निरीक्षण गर्नुभएको हो । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुगेका अनन्तपुर, प्रतापपुर, शान्तिपुर,वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको थियो ।

सो अवसरमा विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा पनि गर्नुभएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न भएका सम्पदाका बारेमा राष्ट्रपतिले चासो दिनुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले आगामी दुई वर्षभित्रै सबै सम्पदाको पुनःनिर्माण सकिने उल्लेख गनुृभयो । अनन्तपुर र प्रतापपुर करीब तीन करोड ११ लाख लागतमा पुनःनिर्माण भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया