असार २४, २०८२ मंगलबार July 8, 2025

ग्यास समयमै बिक्री नगरे उद्योगमै फिर्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल आयल निगमले ग्यास वितरणलाई सहज बनाउन बिक्रेता तथा डिष्ट्रिब्युटर्सले आफूसँग भएको मौज्दातको विवरण सर्वसाधारणले देख्ने गरी ग्यास बिक्री स्थलमा टाँस्न अनुरोध गरेको छ।

कोरोना भाइरस (भोभिड–१९) को संक्रमण बढ्न सक्ने भनेर सरकारले मुलुकभर लकडाउन गरेपछि ग्यासको अभाव सुरु हुन थालेको थियो। सर्वसाधारणले दैनिक खाना पकाउन प्रयाग हुने अति महत्वपूर्ण वस्तूको रुपमा रहेको ग्यास वितरणमा सहज बनाउन बिक्रेतालाई उक्त आग्रह गरेको हो।

निगमले ग्यास बिक्रेता तथा डिष्ट्रिब्युटर्ससँग मौज्दात भएको १४.२ केजी ग्यास भरिएको सिलिण्डर आज आइतबार एक बजेसम्म बिक्री गरिसक्न भनेको छ। अन्यथा बाँकी रहेको ग्यास सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइने समते निगमले जनाएको छ।

आइबार १ बजे पछि १४.२ केजीको सिलिण्डर बिक्रेतासँग मौज्दात रहेको पाइएमा कारबाही गरिने समेत निगमले सूचनामा उल्लेख गरेको छ।

पहाडी जिल्लाको हकमा उपर्युक्तअनुसारको व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोकेबमोजिम हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार