कार्तिक १५, २०८३ आइतबार November 1, 2026

‘महापुरूष’ छैठौं सातामा प्रवेश, मध्यपूर्वी देशमा समेत प्रदर्शन सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेकाे छ ।

अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिनतर्फ लम्किरहेको छ । नेपालका हलमा प्रदर्शन भएर मात्रै पनि १० करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ ।

स–परिवार नै फिल्म हेर्न हलसम आउने हुँदा यसको दर्शक बढीरहेका छन् । फिल्मले परिवारलाई जोड्ने काम समेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले भने,‘फिल्मले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीर विषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’

छैठौँ सातामा फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आउटलेटमा ११ शो पाएको छ । क्युएफएक्सअन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा २ शो, लबिम मलमा २ शो, सिभिल मलमा २ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विर्तामोडमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा १ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा २ शो, किर्तिपुर सिनेप्लेक्समा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा १ शो र कालिमाटीमा २ शो दिएको छ ।

यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो दिएको छ । पाँचौ सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको स्पष्ट हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
२०८३ कार्तिक १५, आइतबार