काठमाडौंः गायिका रेश्मा पुन को आवाजमा रहेको ’मालिङ्गो काटी ’ गीतको भिडियो लिम्दुमी क्रियसनको युटुव मार्फत सार्वजनिक भएको छ ।
मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ ।
ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।
भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन, अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ ।
मौलिक सिर्जनामा आधारित गीतमा बेदना राई, प्रयास दिप राई र प्रकाश लिम्बुको अभिनय रहेको छ ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया