श्रावण १८, २०८३ सोमबार August 3, 2026

राजु सुन्दासको ‘बन्धन’मा सुधिर र करिश्माको फिचर्ड (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बडादिन ख्रीष्टमस कोसेली स्वरूप होसन्ना सेवकाईको प्रस्तुतिमा रहेको सुसमाचारिय म्युजिक भिडियो ‘बन्धन’ सार्वजनिक भएको छ।

नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित यस गीतमा गायक प्रताप दास र मेलिना राईको सुमधुर स्वर  सुन्न सकिन्छ।

दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्।

गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्मको कारण र उदेश्यलाई  प्रकाश पारिएको छ।

राजु सुन्दास र समिता सुन्दासको प्रस्तुतकर्ता  रहेको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो राजु सुन्दास अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया