भाद्र ९, २०८३ मंगलबार August 25, 2026

‘केसीको प्रतिभालाई राज्यले सहयोग गर्नुपर्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लगातार मन्तव्य राखेर विश्व रेकर्ड कायम गर्न लागि पर्नुभएका नुवाकोट लिखुमा अनन्तराम केसीको पक्षमा यतिखेर राम्रो माहोल बन्दै गएको छ ।

उहाको प्रतिभालाई सम्मान गर्नु पर्ने भन्दै विभिन्न व्यक्तित्वहरुले प्रतिवद्धता जनाएका छन् । केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राख्न आयोजित ‘सहयोग तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाललाई विश्वमा चिनाउने प्रतिभालाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रेग्मीले नेपालको नाम विश्वमा चिनाउने प्रतिभालाई राज्यस्तरबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डाप्रकाशशरण महतले निरन्तर योग साधनामार्फत नयाँ कामको थालनी गरेर नेपाललाई विश्वसामु चिनाउन लागेको भन्दै शुभकामना दिनुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले नेपाललाई विश्वमा चिनाउने अभियान भएकलो यसलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नुवाकोट क्षेत्र नं २ का सांसद नारायण खतिवडाले केसीको अभियानले नुवाकोट मात्र नभएर सिंगो मुलुकको नाम रहने भन्दै केसीलाई सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा जोड

दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र– १ का सांसद हितबहादुर तामाङले केसीको क्षमता र प्रतिभालाई विश्वमाझ चिनाउने सुनौलो अवसर भएको बताउनुभयो ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अभियान सफलबनाउनका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार