काठमाण्डौं: आर्टमाण्डूले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक गरेको छ।
‘तीन पाते’, ‘ के माया लाग्छ र ?’, ‘घुमी घुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत लोकप्रिय बनेका निर्देशक नवीन चौहानले आर्टमाण्डूको यट्युव च्यानलमार्फत म्युजिकल फिल्म सार्वजनिक गरेका हुन्।
गीतमा सबिन कार्की (बिस्ट), मल्लिका महतका साथै सनाया लिम्बुले अभिनय गरेका छन्।
गीतमा फ़ेम्ड एसडी योगी र रेश्मा पुनले आवाज दिएका छन्। सुष्मा सिग्देलको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ भने सुशान्त गौतमको संगीत सुन्न सकिन्छ।
फिल्ममा सुटिङका बीच घट्ने रमाइला घटनाका सन्दर्भहरू छन्। सुटिङ हेर्न आउने स्थानीय, केटाकेटीका रमाइला किस्सा कथामा प्रस्तुत गरिएको छ।
यस म्युजिकल फिल्मले चर्चित चाइनिज फिल्म निर्देशक झांग यी माओ र उनको फिल्म ‘द रोड होम’लाई ट्रीब्युट दिएको छ।
म्युजिकल फिल्म ‘चन्द्रमा’ मा योगेश दाहालको छायांकन, कृष्ण भण्डारीको सम्पादन एवम् रङ संयोजन छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया