श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘सान्बाबु’ म्यूजिक भिडियोमा उमेश र केकीको रोमान्स (भिडियो)

प्रविन र प्रतिमाको स्वर रहेको ‘सान्बाबु’ मा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेको शब्द र सिएल शर्माको संगीत रहेको सार्वजनिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको ‘लुकिछिपी’ बोलको गीतको भिडियोले चर्चा पाएको थियो । उमेशले भोजपुरी फिल्म ‘प्रेम गीत’मा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

विकाश दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

भिडियोमा हेर्नुहोस्ः

https://youtu.be/f_1uM0zOddA

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया