श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘गोरखा’ बाट अलग्गिए अक्षय कुमार

कथा पूरा भएपछि फिल्मको छायांकन सुरु गर्ने रायको योजना भए पनि अक्षय पछि हटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो ।

मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धमा उनको खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए ।

निर्देशक रायका अनुसार फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा रहेको छ । कथा पूरा भएपछि फिल्मको छायांकन सुरु गर्ने रायको योजना भए पनि अक्षय पछि हटेपछि कसलाई अभिनय गराउने भन्नेमा अन्यौलमा छन् ।

Gorkha: Akshay Kumar walks out of Aanand L Rai's film, details here

अक्षय फिल्मबाट अलग्गिएको उनका प्रवक्ताले पुष्टि गरेका छन् । तर के कारणले उनी अलग्गिए भन्ने विस्तृत खुलाएका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया