काठमाडौं, २२ पुस । फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ ।
हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइएको छ ।
“हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ ।यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ”, निर्देशक जेम्सले भन्नुभयो ।
प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतले अभिनय गर्नुभएको छ ।
“मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्”, अभिनेत्री ऋचा शर्माले भन्नुभयो ।
अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गर्नुभएको छ । “निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् ।
मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु”, अभिनेत्री हमालले भन्नुभयो ।
अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’लगायतका हरर फिल्ममा काम गर्नुभएको छ । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया