काठमाडौंः गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा पुनः सार्वजनिक गरेकी छन्।
आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ। विकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुङ्गानाको अभिनय रहेको छ।
यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् ।
यसबाट उत्साहित भएका आशिष भन्छन्, ‘यसअघि शिव परियारले गाएको यो गीत युट्युबमा लामो समयसम्म शीर्ष स्थानमा रहेको थियो । अहिले अस्मिता अधिकारीले गाएको गीतलाई पनि दर्शक स्रोतहरुले रुचाइदिनु भएको छ ।’ गीत राम्रो बनेको भनेर धेरै जनाबाट सकारात्मक प्रतिक्रिया पाउँदा आफू उत्साहित भएको पनि उनले बताए ।
आशिषकै राग स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा सोनिका भण्डारी, प्रभात पल, सन्जय ढुंगाना, प्रतिक गौतम र सगुन तामाङको अभिनय छ । म्युजिक भिडियोको निर्देशन विकास प्रसाईंले गरेका छन् ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया