काठमाण्डौंः गायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “को भिडियो सार्बजनिक भएको छ ।
मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गीतमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ ।
चोखो मायामा घात गरे पाप लाग्ने कुरा देखाउन खोजिएको छ ।
राजु बिरही सापकोटाको शब्द-संगीतमा रहेको सो गीतमा अभिनय पनि स्वयं सापकोटा र जुना कार्कीको रहेको छ भने भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन।
सन्तोष चौलागाइले छायाङ्कन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतलाई मिलन फिल्मस प्रालीबाट सार्बजनिक गारिएको छ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया