श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘छड्के २’ मा भिटेनको र्‍याप

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पारेका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराएका छन्।

बुधबार काठमाडौंस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए । “फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ”, भिटेनले भने ।

नेपाली फिल्म 'छड्के २' मा भिटेनको गीत - Sagarmatha TV Sagarmatha TV

फिल्मका निर्माता प्रशान्त गिरीले  र्‍याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए । “ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ”, निर्माता गिरीले भने ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ । चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए ।

“नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ”, निर्देशक श्रेष्ठले भने । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया