काठमाडौंः लायन्स क्लबको इतिहास समेटिएको गीतिसंग्रह ‘हाम्रो लायन्स क्लब’ सार्वजनिक भएको छ । विश्वकै ठूलो अनि पुरानो सामाजिक सस्था लायन्स क्लबको सुरुवात हुँदै नेपालको इतिहास समेटिएको गीतिसंग्रह हाम्रो “लायन्स क्लब” का जन्मदाता मेल्भिन जोन्सको १४४ औ जन्मजयन्तीको अवसर पारेर जनवरी १३ देखि विश्व बजारमा आउने भएको हो ।
आपत बिपतमा परेका आफू भन्दा कम अवसर पाएकाहरुलाई सेवाको लागि सन् १९१७ मा अमेरिकामा गठित लायन्स क्लब हाल २१० भन्दा बढि देशमा फैलिएको र १४ लाख भन्दा बढि सदस्य रहेको छ ।

सन् १९७१ सालमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा लायन्स क्लब अफ बिराटनगर गठन गरि नेपाल भित्र्याएका थिए ।
लायन्स क्लबको सुरुवात, जन्मदाता तथा नेपाल प्रवेश गरेदेखी हालसम्म क्लबहरुले गरेका मुख्यमुख्य कामहरु तथा नेपाल प्रवेस गरेदेखी अन्तर्राष्ट्रियसम्म नेतृत्व गरिसक्नु भएका लायन लिडरहरुको भुमिका र सेवा काम कामहरुलगायत गितमा उल्लेख भएको कलाकार तथा गीतकार गणेश जिसिले जानकारी दिए ।
गीतमा कृष्ण केसीको स्वर तथा संगीत, गणेश जिसि र बिष्णु खत्रीको रचना रहेको गीतको म्युजिक भिडियोमा गणेश जिसि तथा साथीहरुको अभिनय रहेको छ । निर्देशक कुमार केसीद्वारा निर्देशित उक्त म्युजिक भिडियोको छायाँकन शिव न्यौपानेको रहेको छ ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया