कार्तिक १५, २०८३ आइतबार November 1, 2026

आफ्नै फिल्म हेर्दैनन् यी कलाकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउड स्टार दर्शकले आफ्नो काम मनपराउन भनेर फिल्ममा ठूलो मेहनत गर्छन् । दर्शकले उनीहरुको फिल्म हेरेर ताली पिटिरहँदा उनीहरु भने आफ्नो फिल्म हेर्दैनन् । जसमा उनीहरुले कैयौं कारण दिएका छन् ।

शाहरुख खान

अभिनेता शाहरुख खान बलिउडमा ३० वर्ष बढी समयदेखि सक्रिय छन् । उनले यो दौरानमा कैयौं हिट फिल्म दिएका छन् । शाहरुख आफ्नो फिल्म हेर्दैनन् । ‘मेरो लागि मेरो फिल्म बच्चा जस्तै हो । म मेरी छोरी एक्स जस्तो बनुन् भनेर सोच्छु, तर उनी वाई जस्तो भइन् भने पनि उनी मेरी छोरी नै हुन् । म उसलाई त्यति नै माया गर्छु, पहिला जति गर्थें । त्यसकारण म मेरो फिल्म हेर्दिनँ । म फिल्मको सानो सानो अंशमात्र हेर्छु’, शाहरुखले भनेका छन् ।

शाहिद कपूर

अभिनेता शाहिद कपूरको अभिनयबाट जोकोही प्रभावित छन् । शाहिद पनि आफ्नो फिल्म हेर्दैनन् । ‘मेरा यस्ता कैयौं फिल्म छन्, जुन फिल्म हेरेर म आफ्नो समय खराब बनाउन चाहन्नँ । किनकी ती फिल्म मेरा लागि बनेका थिएनन् । मैले आफूले हेर्न चाहेको स्तरको मेरो फिल्म बनेको छैन, उनी भन्छन् ।

करीना कपूर

आफ्नो फिल्म नहेर्ने कलाकारमा करीना कपूर पनि पर्छिन् । ‘म आफ्नो फिल्म हेर्दिनँ । मेरो फिल्म चल्यो या चलेन भन्ने कुराले मलाई केही फरक पार्दैन’, उनी भन्छिन् ।

बोमन ईरानी

अभिनेता बोमनले बलिउडमा अलग अलग किसिमका भूमिका निर्वाह गरेका छन् । त्यसमा गम्भीरदेखि लिएर कमेडीसम्मका छन् । उनी पनि आफ्नो फिल्म हेर्दैनन् । ‘म आफ्नो बारेमा गम्भीर छु । म आफूलाई पर्दामा हेर्न सक्दिनँ । मैले आफैंलाई पर्दामा हेरें भने म आफ्नो कैयौं कमजोरी पत्ता लगाउन सक्छु’, उनले भनेका छन् ।

सैफ अली खान

अभिनेता सैफ अली खान सकारात्मक र नकारात्मक चरित्रका कारण बलिउडमा चिनिन्छन् । उनले आफू केही फिल्मबाहेक आफू अभिनित अन्य फिल्म नहेर्ने गरेको बताउँछन् । ‘म कहिलेकाँही कोही अभिनेता कति हेण्डसम छ वा कोई स्टार कसरी नृत्य गर्छ भनेर मात्र फिल्म हेर्छु’, उनी भन्छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार