वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

राप्रपाका मन्त्रीसहित नेताहरूसँग पूर्वराजाको भेट, प्रजातन्त्रसहितको हिन्दु राजतन्त्रमा जोड

हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिनुभएको छ । झापा बसाइका क्रममा चितवन, जनकपुर र सिमरा आउँदै जाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह गर्नुभएको छ ।

उच्चस्रोतका अनुसार लिङ्देनले झापा र जनकपुरमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्नुभएको थियो । पछिल्लो समय संसद्मा राप्रपाका नेता धवलशम्शेर जबराले प्रजातन्त्रसहितको राजतन्त्रको वकालत गरिरहनुभएको छ । १४ सिट जितेका राप्रपाको मन्त्री र नेताहरूले पूर्वराजाकै इसारामा हिन्दु धर्मसहितको राजतन्त्रको विषय उठाइरहेको बताइन्छ ।

सरकारमा उपप्रधान र ऊर्जामन्त्रीसहित ३ मन्त्री र १ राज्य राज्यमन्त्रीको भाग पाएको राप्रपाले हरेक विषय उठान गर्दा राजतन्त्रको पक्षमा वकालत गरेको देखिन्छ । झापामा बसेर राजनीति गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले भेट गरेका अधिकांश नेताले हिन्दुराज्य र राजतन्त्रको विषय उठाउने गरेका छन् ।

क्रिसमस मनाउन चितवन पूगेका पूर्वराजा ज्ञानेन्द्रले सोही क्षेत्रका सांसद एवं शहरी विकासमन्त्री विक्रम पाण्डेसँग भेट गर्नुभएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पार्टी प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाही र वरिष्ठ नेता बुद्धीमान तामाङले पनि चितवनमै पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्नुभएको थियो । ऊर्जा राज्यमन्त्री दीपक सिंहले भने पूर्वराजा ज्ञानेन्द्रसँग सिमरामा भेट गर्नुभएको थियो ।

मठमन्दिर घुम्न र दर्शन पूजापाठ गर्न भन्दै जनकपुर पुगेका पूर्वराजाले त्यहाँ राजावादीहरूसँग भेट गर्नुभएको थियो । पूर्वराजा ज्ञानेन्द्रका सचिवालयले निजी भ्रमणको लागि झापा जानुभएको बताए तापनि राजनीतिक चलखेल गर्न झापा बस्दै आएको निकट स्रोतले जनाएको छ । स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘काठमाडौंमा बस्दा सबैले थाहा पाउन सक्छन्, जाडो छल्न भन्दै झापा पुग्दा कसैले पनि वास्ता गर्दैनन् भेटघाट गर्न सहज हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेद्र तराईका जिल्लाको भ्रमण गर्दै राप्रपाका नेता तथा कार्यकतासँग भेटेर राजतन्त्र ल्याउन वकालत गरिरहनुभएको छ ।’

गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले झापा बस्दा पनि राजनीतिक भेटघाट गर्नुभएको थियो ।

झापाबाट जनकपुर हुँदै चितवन पुग्नुभएका ज्ञानेन्द्र परिवारसँग अंग्रेजी नयाँ वर्ष मनाएलगत्तै सिमरा पुगेर त्यहाँबाट जनकपुर हुँदै झापा पुग्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्रलाई राजाको रूपमा अघि बढाउन खुबै जोडबल गर्नुभएको बताइएको छ । यसअघि पनि पटक पटक बेबी किङको बारेमा चर्चा हुने गरेको छ ।

उता फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव पूर्वमै हुने भएको छ । ‘इटहरी, धुलाबारी वा दमकको चिया बगानमध्ये एक स्थानमा जन्मोत्सव मनाउने तयारी भइरहेको र एकदुई दिनभित्रै निर्णय हुने स्रोतले बतायोे । स्रोतका अनुसार जन्मोत्सव मनाउन पूर्वराजाका आफन्तका साथै राप्रपाका नेताहरू पनि पूर्व जाने भएका छन् । पूर्वाञ्चलको एउटा होटल वा क्षेत्रमा हुने जन्मोत्सव समारोहमा राजावादी र राप्रपाका नेताहरूको जमघट हुने स्रोतको भनाइ छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार