असोज ७, २०८३ बुधबार September 23, 2026

चौतर्फी बिरोधपछि चार दिन पनि नटिकेको अध्यादेश र अबको राजनीतिक चरणः लोकनारायण सुबेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्गीय शोषण र सामाजिक उत्पीडनका जगमा टिकेको पूँजीबादी ब्यवस्थामा लोकतन्त्रको नाममा नानाभाँतीका देश र जनता बिरोधी गतिबिधि हुने गर्दछन् । आफैले बनाएको संबिधानलाई, कानुनलाई बिधि बिधानलाई मिच्ने, उपेक्षा गर्ने र त्यसलाई पनि संबिधान, कानुन र बिधि बिधानको उन्नयन र परिमार्जन आदि संज्ञा दिएर ती सबै कुराको उपेक्षा गर्ने आम प्रचलन छ ।

निरंकुश मध्ययुगीन सामन्ती ब्यवस्थाका बिरुद्ध समानता, स्वतन्त्रता र भाइचार जस्ता क्रान्तिकारी नारालाई अघि सारेर स्थापना भएको राष्ट्रिय पूँजीवादले ती आफ्नै नारा छोडेर सामन्त बर्गकै शोषण र अन्यायको बाटो लिन थालेपछि बिश्वमा कम्युनिष्ट आन्दोलनको सिर्जना भएको इतिहास जगजाहेर छ । जसले गर्दा सामन्ती शोषणको मारमाबाट उम्किन खोजेका जनता पूँजीवादी साम्राज्यबादी शोषणमा परेको स्थितिलाई आत्मसात गरेर त्यसबाट मुक्तिको खोजी गर्ने क्रममा नै कम्युनिष्ट आन्दोलन अघि बढेको हो । त्यसैले कम्युनिष्ट आन्दोलन कता लाग्नु पर्ने हो र कसको पक्षमा र कसको बिरुद्ध खडा हुनुपर्ने हो प्रष्ट छ ।

कुनै पार्टीले आफुलाई कम्युनिष्ट पार्टी हो भन्ने दाबी गर्दछ भने त्यसका निश्चित बिचार, दृष्टिकोण, सिद्धान्त र नीतिका आधारहरु छन् र तिनका आफ्नै मूल्य, मान्यता, परम्परा र बिधिहरु छन् । ती कुराबाट बिचलित भएर केवल नाम र साइन बोर्ड मात्र कम्युनिष्टको राखेर कोही पनि कम्युनिष्ट हुन सक्तैन र हुँदैन । यो नाम र साइन बोर्ड केवल जनतालाई भ्रम दिनका लागि मात्र प्रयोग गरिने माध्यम बन्न जान्छ । बास्तवमा यो कम्युनष्टिकै नाम लिएर कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने र सिद्ध्याउने एउटा गम्भीर उपक्रम मात्र हो । यो कुरा कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिएको र नेपालमा पनि बिशेष गरेर बितेको करीब साँढे तीनदशक देखि यताको गम्भीर बिचलनले प्रष्ट पारेको र अहिले पनि पारिरहेको कुरा निरन्तर जग जाहेर छ ।
हामीले यहाँ अरु धेरै कुरामा अहिले छलफल नगरी केवल संविधान निर्माण गर्ने मूख्य बिषयको समयलाई मात्र हेरियो भने पनि धेरै कुरा प्रष्ट हुन्छ । संबिवधान निर्माणको मूल बिषयलाई बिषयान्तर गरेर कसरी सत्ताको फोहोरी खेल शुरु गरेर के के गरियो, कसरी सत्तामा जाने खेल खेलियो, कसरी एक पछि अर्को सरकार बने र कसरी देश र जनताो श्रोत साधन नराम्रोसँग दोहन गरियो र अजंग भ्रष्टाचारको भुँवरीमा देशलाई धकेलियो, कसरी यसक्रममा बिदेशी हस्तक्षेप निम्त्याउने अत्यन्तै घातक कार्यहरु गरियो र त्यसको थप जग बसालियो, कसरी राष्ट्रियताको गम्भीर बिषयलाई हल्काफुल्का र चुनाव जित्ने सस्तो नारा बनाइयो ती सबै कुराहरुको कतै टाढाको पनि साइनो कम्युनिष्ट आन्दोलनसँग रहेको हुँदैन र रहनु हुँदैन ।

बास्तवमा यो कम्युनष्टिकै नाम लिएर कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने र सिद्ध्याउने एउटा गम्भीर उपक्रम मात्र हो । यो कुरा कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिएको र नेपालमा पनि बिशेष गरेर बितेको करीब साँढे तीनदशक देखि यताको गम्भीर बिचलनले प्रष्ट पारेको र अहिले पनि पारिरहेको कुरा निरन्तर जग जाहेर छ ।

यो जनतलाई बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त गर्न उनीहरुलाई बर्गीयरुपमा जगाउने, उठाउने र अघि बढाउने र जनताको एउटा उन्नत, सभ्य र सुसँस्कृत समाजको निमित्तको अत्यन्तै क्रान्तिकारी आन्दोलन हो । यो आन्दोलन सामन्ती पूँजीवादी राजनीतिक गन्धा खेलमा लागेर तमासा देखाउने आन्दोलन होइन । त्यो त बिकृति मात्रै हो ।

त्यसैले संसदीय भाषमा जाकिएका कम्युनिष्ट नाम गरेका समूहहरुले पूँजीबादी संसदीय ब्यवस्थाको परिधिभित्र रहेर न्यूनतम संसदीय मूल्य मान्यता र आफैल बनाएको संबिधानको पनि सम्मान गर्न सक्तैनन् । यसै परिप्रेक्षमा बर्तमान सत्ताधारी कम्युनिष्ट पार्टीको प्रतिगमनकारी आद्यादेश ल्याउने र पार्टी भित्र र बाहिर त्यसको बिरोधको सामना गर्न नसकेर त्यसलाई खारेजी गराउने काम अहिले भएको छ । यो हतारमा हठात प्रस्ताबित गरिएको र जारी गरिएको अध्यादेश चार दिन पनि टिकेन ।

पूँजीवादी राजनीतिक इतिहासमा एकाएक यस्तो अध्यादेशको प्रस्ताव गरिएको र तुरुन्तै त्यो काननु बनेको अनि चार दिनमै खारेज भएको इतिहास कहि कतै भेटिदैन । त्यसैले यो एउटा निरर्थक र षडयन्त्रमूलक उद्यमम साबित भएको छ र ओली सरकारप्रतिको जन बिश्वास यसले गर्दा अझ तल खस्केको छ । समय बर्बाद गर्ने र जनता र राष्ट्रले बेहोरिइ रहेका मुद्दाहरु भाइरस, भोक र भ्रष्ट्राचारबाट उनीहरुको ध्यान अन्यत्र मोड्ने तथा अरु दलहरु र आफ्नै पार्टीमा आफ्नो गुट बाहेक अरुलाई कमजोर बनाउने हिसाबले आएको दल बिभाजन र संबैधानिक परिषद सम्बन्धि अध्यादेश इतिहासको रछ्यानमा पुगिसकेको छ ।

वर्तमान स्थितिमा यस संसदीय ब्यवस्थाले बिकृति र बिसंगति थुपार्ने बाहेक जनतको हितमा काम गर्न नसक्ने रहेछ भन्ने थप पुष्टी गर्ने आधार भने पक्कै बनेको छ ।

बास्तवमा अहिले अध्यादेश नै ल्याउनु पर्ने आवश्यकता थियो भने कोभिड-१९ भाइरस बिरुद्धको संघर्षलाई कसरी प्रभावकारी, चुस्त दुरुस्त,छिटो छरितो र किफायती तुल्याउने र जनताको जीवन सुरक्षित गर्ने, यसको लागि कृयाशील सबै राजनीतिक दल, समाजिक संगठनहरुलाई के केसरी सुरक्षित तरीकाले परिचालन गर्ने अनि बिपन्न बर्गका आम जन समुदाय-न्यून र कमजोर आय बर्गका मजदुर, किसानरुलाई कसरी निष्पक्ष किसिमले गुणस्तरीय राहत प्रदान गर्ने तथा बालीनाली र अन्य कृषि ब्यवसायको सुसञ्चालनमा रहेका अप्ठ्याराहरुलाई चिरेर सुरक्षित किसिमले के कसरी पुनः सुचार गर्ने र देशमा ब्याप्त भ्रष्टाचारलाई निर्मूल पार्न थप के गर्न सकिन्छ भन्ने खालका महत्वपूर्ण, जनमुखी र राष्ट्रिय हित हुने अध्यादेशहरुको आबश्यकता थियो जसले एउटा नयाँ बिश्वासको बातावरण सिर्जना गर्न सक्तथ्यो अनि देश र जनतको आत्मबल पनि बढाउथ्यो ।

त्यसो नगरेर लक डाउनको मौका छोपेर सीमित लोकतन्त्रलाई नै लत्याउने किसिमको अध्यादेश ल्याइदा यसको चौतर्फी बिरोध हुनु एकदमै स्वाभाविक थियो । वर्तमान स्थितिमा यस संसदीय ब्यवस्थाले बिकृति र बिसंगति थुपार्ने बाहेक जनतको हितमा काम गर्न नसक्ने रहेछ भन्ने थप पुष्टी गर्ने आधार भने पक्कै बनेको छ । अग्रगामी र उन्नत अर्थ-राजनीतिक तथा सामाजिक-साँस्कृति परिवर्तन चाहने राजनीतिक शक्ति र दलहरुका लागि भने यसले राम्रै गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
२०८३ असोज ७, बुधबार
बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
२०८३ असोज ७, बुधबार
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रमको आग्रह
२०८३ असोज ७, बुधबार
मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
२०८३ असोज ७, बुधबार
पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्छ : महामन्त्री आचार्य
२०८३ असोज ७, बुधबार
सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
२०८३ असोज ७, बुधबार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३ असोज ७, बुधबार