असोज १८, २०८३ आइतबार October 4, 2026

‘लकडाउन अवधिभर उपत्यका आउनेरजाने नगरौँ’:काठमाडौं महानगर प्रमुख शाक्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यका आउने र जाने नागरिकको सङ्ख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको पालना गर्न आग्रह गरेका छन । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि बढ्दै गइरहेकाले प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन । शाक्यले लकडाउन जारी र सङ्क्रमण फैलिरहेकै समयमा काठमाडौँ उपत्यकाका मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति सङ्केत गर्दै प्रमुख शाक्यले यस्तो गरेका हुन ।

प्रमुख शाक्यले सबै जिल्ला र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र जिल्लाका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै त्यसो नगर्न आग्रह गरेका छन । “पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँभित्र नागरिक पठाएका समाचार सञ्चारमाध्ययमबाट निरन्तर आउन थालेका छन् ।” उनले भने, “विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।”

लकडाउन शुरु भएपछि कामपाले अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म ७४ हजारलाई राहत वितरण गरिएको र यस अवधिमा महानगरबाट ४९ हजारभन्दा बढी प्लेट खाना खुवाएको जानकारी दिएको छ । कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथी र अन्यले पनि थाहा पाएमा उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री नं ११८० र ११३१ मा जानकारी दिन पनि कामपाले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार