असोज ७, २०८३ बुधबार September 23, 2026

धरौटी बुझाएर छुटेलगत्तै फेरी पक्राउ परे व्यवसायी अग्रवाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै फेरि पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन।

अकुत सम्पत्ति आर्जन गरेको हकमा निजि क्षेत्रका लागि सम्पत्ति शुद्धीकरण विभाग र सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दछ।

कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवालसँग न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेक बहसपछि २५ लाख ५० हजार धरौटी मागेको थियो। धरौटी बुझाएर उनी अपरान्ह छुटेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य लिएर बेचेको आरोप थियो।

व्यवसायी अग्रवाल जगदम्बा समूहका सदस्य हुन्। उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्दा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो। कालोबजारी सम्बन्धी मुद्दाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो।

एक वर्षसम्म कैद सजाय भएका कसुरको सुनुवाई जिल्ला प्रशासन प्रमुखले गर्दछन्। अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि थिए। त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो।

प्रहरीले पक्राउ गरेलगत्तै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो। उनले सरकारी सेवासुविधा बापत प्राप्त गर्ने निलो नम्बर प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारी गरेको प्रहरीको दावी थियो।

अग्रवालबिरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार