श्रावण १६, २०८३ शनिबार August 1, 2026

कक्षा १ देखि ९ सम्‍मको नतिजा प्रकाशन गर्न बागमती प्रदेशको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले बिहीबार पाँच बुँदे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय तहको समन्वयमा विद्यालय तहका कक्षा १ देखि कक्षा ९सम्‍मको रोकिएका वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न व्‍यवस्था मिलाउन अनुरोध छ।’

यसका साथै मन्त्राललयले सामाजिक दूरी कायम राख्दै नतिजा प्रकाशन पश्‍चात उपर्युक्त वैकल्पिक माध्‍यमबाट भर्नाको व्‍यवस्था मिलाउन विद्यालयहरुको सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिएको छ।

यसका साथै पाठ्यपुस्तकहरुको यथावत व्‍यवस्था गर्नुका साथै विक्रीवितरणको लागि सामाजिक दूरी कायम गरी सम्बन्धित जिल्लामा पठाउन समेत निर्देशन दिएको छ।

लकडाउनमा नियमित कक्षा सुरुवात नहुँदासम्‍म बालबालिकालाई घरमै बसेर सिक्‍ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्‍चार माध्‍यमबाट प्रसारण भइरहेको दूर शिक्षा कार्यकम लगायत अन्‍य वैकल्पिक व्‍यवस्था अनलाइन तथा अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागि हुन समेत मन्त्रालयले निर्देशन दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार