असोज ९, २०८३ शुक्रबार September 25, 2026

रसुवामा रेडक्रसले मनायो ५६ औं स्थापना दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धुन्चे । मानवीय सेवामा समर्थित रहँदै आएको नेपाल रेडक्रस सोसाईटीले आफ्नो स्थापना दिवस मनाएको छ । ‘सबै ठाउँमा सबैको लागि मुस्कान“ भन्ने नारा सहित नेपाल रेडक्रस सोसाइटी को ५६ औं स्थापना दिवस मुलुकभर मनाएको छ । यसै क्रममा नेपाल रेडक्रस रसुवा र नुवाकोट शाखाले पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरेको थियो । बिहान धुन्चेमा एक ¥यालीको आयोजना गरेको थियो । ¥याली पछि आयोजित कार्यक्रममा जिल्ला सभापति बाबुलाल तामाङले रेडक्रस जस्तो मानवीय सेवामा समर्थित संस्थामा रहेर सामाजिक काम गर्न पाउँदा आफु अत्यन्तै उत्साहित भएको बताउनुभयो ।

उहाले रेडक्रममा रहेर आफुले तीस वर्षदेखि काम गर्दै आएको भन्दै सहयोग गर्ने सबैप्रति आभारी व्यक्त गर्नुभएको थियो । अध्यक्ष तामाङल जहाँ विपत्ति त्यहा रेडक्रस भन्ने अभियानकासाथ आफूहरले काम गरिरहेको भन्दै रसुवामा जस्तासुकै विपतमा पनि रेडक्रस जनताको सेवामा समर्थित रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडक्रसका जिल्ला संयोजक मधुसुधन थापाले मानवीय सेवामा समर्थित संस्था भएकाले यसले जहिले पनि निस्वार्थ भावनाले सामाजिक काम गरिरहेको भन्दै यसलाई अझै फराकिलो बनाउँदै लैजाने जानकारी दिनुभयो ।

रेक्रसले रसुवामा भुकम्प प्रभावित,पहिरो पीडितका साथै अन्य विपदमा परेका नागरिकहरुलाई सहयोग गर्दै आइरहेको जानकारी दिदै यसलाई निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै रेडक्रसको स्थापना दिवसका अवसर पारेर नुवाकोटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय ३५ लाखभन्दा बढी भूकम्प पीडितलाई मानवीय साहायतअन्तर्गत विविध क्षेत्रमा सहयोग गरेको बताइएको छ ।

सो संस्थाले विशेष गरी भूकम्प अति प्रभावित निुवाकोट रसुवा,धादिङसहित अन्य ११ जिल्लामा आवास पुनः निर्माणमा सक्रिय हुँदै आएको छ । आय आर्जन, खानेपानी तथा सरसफाईलगायतका क्षेत्रमा रेडक्रसको सहयोग जारी राखेको छ । नुवाकोट पुकार साप्ताहिकबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार