असोज २४, २०८३ शनिबार October 10, 2026

रसुवामा रेडक्रसले मनायो ५६ औं स्थापना दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धुन्चे । मानवीय सेवामा समर्थित रहँदै आएको नेपाल रेडक्रस सोसाईटीले आफ्नो स्थापना दिवस मनाएको छ । ‘सबै ठाउँमा सबैको लागि मुस्कान“ भन्ने नारा सहित नेपाल रेडक्रस सोसाइटी को ५६ औं स्थापना दिवस मुलुकभर मनाएको छ । यसै क्रममा नेपाल रेडक्रस रसुवा र नुवाकोट शाखाले पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरेको थियो । बिहान धुन्चेमा एक ¥यालीको आयोजना गरेको थियो । ¥याली पछि आयोजित कार्यक्रममा जिल्ला सभापति बाबुलाल तामाङले रेडक्रस जस्तो मानवीय सेवामा समर्थित संस्थामा रहेर सामाजिक काम गर्न पाउँदा आफु अत्यन्तै उत्साहित भएको बताउनुभयो ।

उहाले रेडक्रममा रहेर आफुले तीस वर्षदेखि काम गर्दै आएको भन्दै सहयोग गर्ने सबैप्रति आभारी व्यक्त गर्नुभएको थियो । अध्यक्ष तामाङल जहाँ विपत्ति त्यहा रेडक्रस भन्ने अभियानकासाथ आफूहरले काम गरिरहेको भन्दै रसुवामा जस्तासुकै विपतमा पनि रेडक्रस जनताको सेवामा समर्थित रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडक्रसका जिल्ला संयोजक मधुसुधन थापाले मानवीय सेवामा समर्थित संस्था भएकाले यसले जहिले पनि निस्वार्थ भावनाले सामाजिक काम गरिरहेको भन्दै यसलाई अझै फराकिलो बनाउँदै लैजाने जानकारी दिनुभयो ।

रेक्रसले रसुवामा भुकम्प प्रभावित,पहिरो पीडितका साथै अन्य विपदमा परेका नागरिकहरुलाई सहयोग गर्दै आइरहेको जानकारी दिदै यसलाई निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै रेडक्रसको स्थापना दिवसका अवसर पारेर नुवाकोटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय ३५ लाखभन्दा बढी भूकम्प पीडितलाई मानवीय साहायतअन्तर्गत विविध क्षेत्रमा सहयोग गरेको बताइएको छ ।

सो संस्थाले विशेष गरी भूकम्प अति प्रभावित निुवाकोट रसुवा,धादिङसहित अन्य ११ जिल्लामा आवास पुनः निर्माणमा सक्रिय हुँदै आएको छ । आय आर्जन, खानेपानी तथा सरसफाईलगायतका क्षेत्रमा रेडक्रसको सहयोग जारी राखेको छ । नुवाकोट पुकार साप्ताहिकबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार