असोज ७, २०८३ बुधबार September 23, 2026

काठमाडौँ भित्रिने नाकामा थप कडाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । लकडाउनलाई थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो ।

आइतबार साँझदेखि जिल्ला प्रशासन कार्यालयको पास लिएर आएका सवारी साधनलाई पनि चेकजाँचमा कडाइ गरिएको छ। ‘अत्यावश्यकलाई मात्र प्रवेश गर्न दिएका छौँ’, एक प्रहरी अधिकृतले भने, ‘आजदेखि थप कडाइ हुन्छ ।’

‘काठमाडौँ भित्रिने नाकामै पुगिसकेका सवारी साधनलाई परिस्थिति हेरेर भित्रिन दिन्छौँ’, उनले भने, ‘जिल्ला प्रशासनले वितरण गरेको पास व्यवहारिक देखिएको छैन ।’

कैलाली प्रशासनले काठमाडौँसम्म आउने सवारीको पास कसरी दिन सक्छ’, उनले उदाहरण पेश गर्दै भने, ‘ठाउँ अनुसार परिस्थिति भिन्नै छ, पास मात्रै वितरण गरेर हुँदैन।’

जिल्ला प्रशासनले सवारी पास दिने तर प्रहरीले रोक्ने गरेपछि अन्यौल बढेको छ । आफूले वितरण गरेका सवारी पास रोकेपछि सिडिओहरुले प्रहरीलाई फोन गरेर गुनासो गरिरहेका एक प्रहरी अधिकृतले बताएका छन ।

सरकारले चौथो पटक थपेको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छैनन् ।

वैशाख २५ गतेपछि ठाउँ अनुसार लकडाउनको मोडालिटी तयार पारेको सरकारले काठमाडौँ उपत्यकामा खुकुलो पार्ने तयारी गरेको बुझिएको छ ।

त्यसकै तयारीका लागि अन्य जिल्लाबाट काठमाडौँमा मानिसहरुको आवागमनमा सरकारले कडाइ गरेको बुझिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार