श्रावण १४, २०८३ बिहिबार July 30, 2026

काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस,हिमाली तथा पहाडी जिल्लामा भने खुकुलो गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ।

देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो।

भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि लकडाउन पूर्वरुप रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ। मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार