असोज १८, २०८३ आइतबार October 4, 2026

अरनीको राजमार्ग हुँदै काठमाडौं भित्रिने यात्रुलाई जगाती चोकमा कडाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । कोभिड–१९ को जोखिम न्यूनिकरणको लागि जगाती चोकबाट काठमाडौँ भित्रिने यात्रुलाई विशेष कारण भएमा मात्र आउन दिइएको भक्तपुर प्रहरीले जनाएको छ ।

अरनीको राजमार्ग सडकखण्डको जगाती चोकस्थित सडक किनारामा भक्तपुर प्रहरीले हेल्थ डेक्स र कोभिड–१९ सहायता कक्ष स्थापना गरी यात्रुको विवरण लिएर उपत्यका भित्रिनुको कारण बुझेर मात्रै प्रवेशको लागि अनुमति दिने गरेको हो ।

लकडाउनको समय लम्बिए पनि यात्रुहरु उपत्यका छोड्ने र भित्रिने गरिरहेका छन् । जिल्ला प्रशासन कार्यलयको पास लिएर यात्रा गर्नेहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती र नेपाली सेना वीर दल गण सूर्यविनायकको समन्वयमा स्थापना भएको डेक्समा सोधपुछ पछि मात्रै उपत्यका छिर्ने अनुमति दिने गरिएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डिएसपी चक्रराज जोशीले बताएका छन।

उनका अुनुसार दिनहुँ डेढसयको हाराहारीमा मानिसहरु भक्तपुर भित्रिरहेका छन् र यो संख्या पछिल्लो केही दिन यता बढिरहेको छ । जोशी भन्छन्, ‘हामीले उपत्यकामा बसोबासका लागि गाउँबाट फर्किएको छन् भने उनीहरुलाई उपत्यका छिर्ने अनुमति छैन। बिरामी भएर उपचारको लागि काठमाडौँ आउनेहरुलाई भित्र छिर्ने अनुमति दिइएको छ।

‘डेक्स’ मा कार्यरत प्रहरी, नेपाली सेना तथा स्वयम्सेवकले यात्रुको व्यक्तिगत विवरण लिएर मात्र उपत्यका छिर्न दिने गरेका छन् । यात्रुको नाम, ठेगाना, मोबाइल नम्बर, सवारीसाधन नम्बर र व्यक्तिको शरीरको तापक्रम संकलन गरिन्छ । व्यक्तिगत विवरण संकलनमा सहज बनाउन प्रहरीले बाँस गाडेर, डोरी टाँगेर महिला तथा पुरुषका लागि छुट्टाछुट्टै प्रवेशद्धारको व्यवस्था मिलाएको छ ।’

यस्तै राजमार्ग भएर आवतजावतका लागि सरकारी निर्देशन अनुसार अति आवश्यक सवारीसाधनलाई मात्रै छुट दिँदै आएको छ । एम्बुलेन्स, दमकल, खानेपानी, दूध, खाद्यान्न लगायतका सवारी साधनलाई मात्रै आवतजावतमा छुट दिँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार