असोज १८, २०८३ आइतबार October 4, 2026

प्रतिपक्षी ७ विद्यार्थी संगठनले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रतिपक्षी ७ विद्यार्थी संगठनले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बुझाईएको ज्ञापन पत्रमा नेपालको भुमिबाट तिव्वतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्ने लिंक रोड निर्माण गर्ने भारतीय मिचाह प्रवृत्ति खेदजनक भएको विज्ञप्तीमा उल्लेख छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग हो, भन्ने प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको सन्दर्भमा आफ्नो भूमीको रक्षा गर्न सरकार द्वारा कुनै ठोस कदम नबढाउनु दुःखद बिषय हो, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसरी ज्ञापन बुझाउने विद्यार्थीसंगठनहरूमा नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (पाँचाै), अखिल क्रान्तिकारी, राप्रविसंघ, अखिल नेपाल विद्यार्थी युनियन र राप्रविसंघ (संयुक्त) रहेका छन्

सत्ता बाहिर रहँदा चर्का राष्ट्रवादी नारा लाउने र सत्ता सम्हाल्दा लम्पसार पर्ने सरकारको नियत थप उदॉंगो भएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार