असोज १८, २०८३ आइतबार October 4, 2026

सिमा विवादमा तत्काल कुटनीतिक समाधान खोज्न जनसम्पर्क समितिको सरकारसँग अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डाैंः नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन जनसम्पर्क समितिका ३४ जना सभापतिहरुले संयुक्त बक्तव्य जारी गर्दै सिमा विवादमा तत्काल कुटनितिक पहल  थाल्न सरकारसँग आग्रह गरेका छन् ।
विश्वभरका जनसम्पर्क समितिको संयुक्त विज्ञप्तिमा भनिएको छ,’नेपालको भू-भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुन: एकपटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
भारतले गरेको सीमा हस्तक्षेपका विरुद्ध विश्वभरका जनसम्पर्क समितिको संयुक्त विज्ञप्ति 
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भर्त्सना गर्दछौं । साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले यो विषयको समाधान खोज्न अनुरोध पनि गर्दछौं ।
विश्वका जुनसुकै कुनामा बसेपनि मूलत: हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछौं ।
एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भैरहँदा टुलुटुलु हेरेर बस्न सकिन्न । ऐतिहासिक दस्तावेज,सन्धी र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रष्ट छ । तसर्थ अहिले जेजसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ यसको हामी राष्ट्र,राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिका सबै सदस्यको तर्फबाट घोर निन्दा र भर्त्सना गर्दछौं ।
सीमाको विषय अति संवेदनशील छ । यो विषयमा कुटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमूख दायित्व हो । तर राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिष्ट सरकारको असली राष्ट्रवादको अनुहार यतिबेला उदाङ्गो भएको छ । सरकारको निकम्मापन यो बेला अझ बढी देखियो । यसबाट थप पुष्टी हुन्छ कि वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक अधिकार गुमाउँदै गएको छ । देशको सीमामाथि यसरी नाङ्गो हस्तक्षेप र आक्रमण हुँदा समेत बोल्न नसक्ने सरकारका प्रतिसमेत खेद व्यक्त गर्दछौं ।
नेपालको भू-भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुन: एकपटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । नेपाली भूमिमाथिको यो हस्तक्षेप र आक्रमणका विरुद्ध सबैले विरोध गरौँ । हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौं ।
जय नेपाल ।
विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट
१. आनन्द विष्ट, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस अमेरिका
२.  बालकृष्ण पाण्डे,कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस भारत
३. सीता सापकोटा, सभापति,नेजस बेल्जियम
४. लेखबहादुर गुरुङ, सभापति, नेजस मकाउ
५. पदमसुन्दर गुरुङ, सभापति,नेजस बहराइन
६. खगेश्वर अधिकारी, सभापति, नेजस ईजरायल
७. शिखर खड्का, सभापति, नेजस जर्मनी
८. सीता अर्याल, सभापति, नेजस साईप्रस
९. डा. एलिनी सुबेदी, सभापति,नेजस पोल्यान्ड
१०. शुक्रराज न्यौपाने,सभापति,नेजस आयरल्याण्ड
११. शंकर न्यौपाने, कार्यबाहक सभापति, नेजस कतार
१२. आस्था बिन्दु मल्ल, सभापति,नेजस,दक्षिण कोरिया
१३. बिनोद घिमिरे,सभापति,नेजस पोर्चुगल
१४. ईन्द्र शर्मा,सभापति,नेजस स्पेन
१५. मीन गुरुङ,सभापति,नेजस हंगकंग
१६. युवराज गुरुङ,सभापति,नेजस बेलायत
१७. बुद्धिप्रकाश ओली,सभापति,नेजस क्यानडा
१८. प्रेमजंग गुरुङ,सभापति,नेजस नेदरल्याण्ड
१९. सुधीर राना, सभापति,नेजस फ्रान्स
२०. जितेन्द्र शाही,सभापति, नेजस नर्वे
२१.चोलाकान्त पंगेनी,सभापति,नेजस मलेसिया
२२. शालिक चापागाई,कार्यवाहक सभापति,नेजस ओमन
२३. भुवानीप्रसाद तिमल्सिना ,सभापति,नेजस युएई
२४. राजेन्द्र रसाइली बिरही,सभापति,नेजस कुवेत
२५.  रोशन केसी,सभापति,नेजस जापान
२६. बालकृष्ण सापकोटा,सभापति,नेजस लक्जेम्बर्ग
२७. बुद्धिसागर घिमिरे, सभापति,नेजस न्यूजिल्याण्ड
२८. दिपक रेग्मी,सभापति,नेजस साउदी अरेबिया
२९. नबिन थपलिया,सभापति,नेजस स्वीडेन
३०. श्याम सापकोटा,सभापति नेजस स्वीटजरल्याण्ड
३१. कृष्ण गिरी,सभापति,नेजस अष्ट्रेलिया
३२.  वीरेन्द्रसिंह कार्की,सभापति,नेजस डेनमार्क
३३. राजनकुमार जमरकटेल,सभापति,नेजस चीन
३४. सन्देश केसी, सभापति,नेजस माल्टा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार