असोज ७, २०८३ बुधबार September 23, 2026

उपत्यकामै कोरोना संक्रमति भेट्टिएपछि लक डाउन थप कडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपत्यकामै कोरोना संक्रमति भेट्टिएपछि सरकारले लक डाउन कडा पारेको छ।

चैत ११ गते घोषणा गरेको लक डाउन केही समय खुुकुलो भए पनि बिहीबारदेखि पनि निक्कै कडा पारिएको छ।

लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाए पनि मंगलबार बेलुका उपत्यकामै तीन जना संक्रमित भएपछि जारी गरिएका सबै पास रद्द गर्दै बिहीबारदेखि लक डाउन कडाइका साथ लागू गरिएको सुरक्षा निकायले जनाएका छन्।

उपत्यकाका सडकमा पुग्दा सुरक्षाकर्मीहरुले सवारी चेकजाँचलाई कडाई गरेको देखिन्छ ।

सडकमा मानिसहरुको आवात जावत निक्कै कम देखिएको छ। अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाड्ने गरेको छ। सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रण लिइरहेको छ।

उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ। यस्तै कतिपय भित्रि सडकहरुमा स्थानीयहरुले बाटो बन्द गरेका छन्।

भक्तपुरमा दुई जना संक्रमित भएपछि चारवटै नगरपालिकाले आन्तरिक सूचना जारी गर्दै आवागन रोक्न निर्देशन दिएका छन्। मध्यपुर नगरपालिकाले आफ्नो घरमा कोठा भाडामा बस्ने उपत्यका बाहिर गएर आएकालाई परीक्षण नगरी घरमा नराख्नसमेत आग्रह गरेको मेयर मदन सुन्दर शाक्यले जानकारी दिएका छन।

गत चैत ११ गते देखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको बिहीबार ५२ औँ दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म २ सय ४५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ।

जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४५ जना आइसोलेसनमा रहेका छन्।

अहिले सम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार