काठमाण्डाैं: नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिए । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ ।
धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया