असोज १८, २०८३ आइतबार October 4, 2026

गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्यायसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोपमा शुक्रबार अख्तियारले महाप्रबन्धक उपाध्यायसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भन्सालीविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीसँग भ्रष्टाचार गरेको रकम जफत गरी जरिवाना तिराउन पनि माग गरेको छ।

यस्तै, अख्तियारले तीन जनालाई ४ देखि ६ वर्ष सम्म र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार