असोज १७, २०८३ शनिबार October 3, 2026

लकडाउन स्वतः उलंघन भईरहेका बेला सरकार निर्णयमा पुग्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२६ जेठ, काठमाडौं । सरकारले जारी गरेको लकडाउनको नागरिकबाट स्वतः उलंघन भईरहेका बेला लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार अबेर राती सम्म बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेको हो । विगत केही दिन देखि निजी क्षेत्र,व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताईए पनि बैठकले ठोस निर्णय गर्न सकेन । प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “तयार भईरहेको कार्ययोजनाको मस्यौदामा आजपनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ । यो कार्य जारी छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पुर्ण टिम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् । यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरी मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुन पेश गर्ने गरि बैठक सम्पन्न भएको छ । ”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार