असोज १८, २०८३ आइतबार October 4, 2026

फौजी कीरा नियन्त्रण गर्न पाल्पाका कृषकलाई विषादी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२७ जेठ, रामपुर । पाल्पाका विभिन्न क्षेत्रमा देखिएको अमेरिककी फौजी कीराको प्रकोप व्यवस्थापनका लागि स्थानीय पालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ ।

बगनासकाली गाउँपालिका मकैको बीउ उत्पादनको मुख्य क्षेत्र मानिन्छ । बीउ पकेट क्षेत्रमा महामारीका रुपमा फौजी कीराको प्रकोप देखिएपछि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । यस क्षेत्रमा मकै बालीमा फौजी कीराका साथै गबारो र सेमीलोपरको प्रकोप पनि देखिएको छ ।

इमामेक्टिन बेन्जोयट ६०० थान, साइप्रमेथ्रिन क्लोरोपाइरिफस ४०० थान, इमामेक्टिन बेन्जोयट पाँच ग्रामको ६०० थान र साइप्रमेथ्रिन क्लोरोपाइरिफस १०० एमएलको ४०० थान कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए ।

आवश्यकतानुसार क्षतिको विवरण हेरी पुनः वितरण गरिने कृषि शाखाले जनाएको छ । प्राविधिकलाई मकै लगाइएको खेतबारी निरीक्षण गराई आवश्यकतानुसार निःशुल्क विषादी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउछन् ।

गाउँपालिका वडा नं। १,२,४,७ मा कीराको प्रकोप बढी देखिएको छ । गाउँपालिकाभित्र करीब दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा कीराले सताएको छ । बगनासकाली– २ पोखराथोकका कृषक लेखनाथ गैरे पन्ध्र रोपनी क्षेत्रफलमा लगाइएको मकै बालीमा फौजी कीरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा छन् । उनले वर्षेनी बीउ उत्पादनका लागि मकै लगाउँदै आएका छन् ।

यस्तै रामपुर नगरपालिकाका वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी कीराले मकै बालीमा नोक्सान गरेको छ । कृषकसँग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेटसँग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।

नगरको वडा नं १० हेक्लाङ क्षेत्रमा कीराको बढी प्रकोप भेटिएको छ । यहाँ करीब एक हजार रोपनी क्षेत्रफलमा फौजी कीराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए ।

आँख्ला लागेका मकैमा कीराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारी बताउछन् । बन्दाबन्दीले समयमा नै विषादी प्रयोग गर्न नपाउँदा मकैको उत्पादन घट्ने कृषकले बताएका छन् । यसअघि पनि यहाँ लगाइएको धान बालीमा फौजी कीराले सताएर नोक्सान पारेको थियो ।

जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोला लगायत स्थानमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।

महामारीका रुपमा प्रकोप देखिएका ठाउँमा ज्ञानकेन्द्रका कर्मचारी, प्राविधिकसहितको टोली परिचालन गरी स्थलगत आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरेर कीराको नियन्त्रणबारे कृषकलाई जानकारी दिइएको प्रमुख अर्यालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार