जेठ २३, २०८३ शनिबार June 6, 2026

जनज्योतिका प्रधानाध्यापक मृत भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिनुभएको छ ।

दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममाहराएकोमा घर नजिकै बाँसबोटे भन्ने जंगलमा मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो ।

जंगल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उहाको शरीरको विभिन्न अंगमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले कसैलै हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार