असोज १८, २०८३ आइतबार October 4, 2026

टिपर दुर्घटना अपडेट : मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२८ जेठ, मान्म । कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । दुर्घटनामा परी ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की ररहेका छन् । उनीहरुको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ । बाइसजनाको भने सकुशल उद्धार गरिएको छ ।

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो । टिपरमा ३९ यात्रु सवार रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार