असोज १८, २०८३ आइतबार October 4, 2026

कुबेतबाट आज दुई विमानमा ३०० नेपाली कामदार आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कुबेतबाट बिहीबार दुईवटा विमानमा ३०० नेपालीहरु स्वदेश फर्किँदै छन्।

कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका दुई विमानहरु बिहीबार आउने तय भएको कोभिड–१९ संकट व्यवस्थापन (सीसीएमसी) अन्तर्गत उडान व्यवस्थानको जिम्मा पाएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् ।
पर्यटन मन्त्रालयका तर्फबाट सीसीएमसीमा समन्वयको जिम्मा पाएका नागरिक उड्डयन महाशाखाका सहसचिव लामिछानेका अनुसार बिहीबार बिहान साढे ११ र दिउँसो साढे एक बजे गरी जजिरा एयरलाइन्सका दुई विमान नेपाली लिएर आउने छ ।

बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेको पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिएका छन् ।

उनले भने, ‘अहिलेसम्मको जानकारीमा अधिकांश महिलाहरु रहेका छन् । तर केही पुरुष कामदार पनि आउँदै छन् । विमानमा चढ्नु पूर्व स्वास्थ्य परीक्षण हुने र संक्रमणको शंका देखिएकालाई रोकिन सक्छन् ।’

पहिलो उडानमा आउने सबै महिलाहरु रहेका छन् । त्यसमध्ये तीनजना महिला गर्भवती रहेको जनाइएको छ।

दुई विमानमा १५० का दरले कुल ३०० नेपाली कामदार आउने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।

उनले आउने नेपालीहरुलाई सुरक्षित रुपमा विमानस्थलबाट बाहिर निकाल्ने व्यवस्थाका लागि आफूहरु तयारी अवस्था रहेको बताएका छन ।

नेपालीलाई लिएर विमान बुधबार नै आउने तयारी रहेको बताइए पनि व्यवस्थापनको प्रक्रियाले गर्दा एक दिन ढिला भएको जनाइएको छ ।

नेपाल सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुबेतले आफै पठाउन लागेको हो । कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको बताइन्छ ।

गएको शुक्रबार एयर अरेबियाले दुबईबाट १६८ नेपाली कामदार लिएर आएको थियो । यस्तै म्यानमारबाट पनि २६ नेपाली आएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार