काठमाडौं । प्रहरीभित्रको चर्चित सुडान घोटाला प्रकरणका दोषी पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदै छन् ।
सुडान घोटाला प्रकरणमा दोषी पाइएपछि एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजार कारागारबाट उनी छुट्न लागेका हुन् । सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाए पनि कारागार प्रशासनले २० दिन छुट दिएपछि उनी छुट्न लागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिएका छन । ठकुरी ०७६ असोज १९ गते जेल चलान भएका थिए । प्रवक्ता सापकोटाका अनुसार उनी कारागारमा नाइके भएको र त्यसबापत् २० दिनको छुट सुविधा पाएका हुन् ।
सुडान घोटाला प्रकरणमा ठकुरीसहित पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा हेमबहादुर गुरुङसहित आधा दर्जन अधिकारी दोषी ठहर भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया