असार ३१, २०८२ मंगलबार July 15, 2025

उपत्यकामा सवारी चाप बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।

काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, बानेस्वर, जमल लगायतका ठाउँमा सवारी चाप अत्याधिक बढेको देखिन्छ ।

सवारी साधनको चाप बढेसँगै प्रहरीले सवारी साधनको जाँचलाई तिब्रता दिएको छ । शुक्रबार अर्थात ३० गते जोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने भएकाले प्रहरीले बिजोर नम्बरका सवारीसधानलाई फर्काइदिएको छ ।

मोटरसाइकलमा जोर विजोर नम्बर लागू हुने या नहुने भन्ने सम्बन्धमा अन्यौल देखिएका कारण दुवै नम्बर प्लेटका मोटरसाइकलहरु सडकमा देखिएका छन् । जोर विजोर चलाउने विषयमा अन्योल देखिएपनि प्रहरीले बिजोर नम्बर प्लेट रहेका सवारीसाधनलाई कारबाही गरेको छ ।

यस्तै मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मानिसहरुलाई झारेर पठाएको छ । चारपाङ्ग्रे सवारी साधनमा पनि चालक बाहेक दुई जना भन्दा बढी यात्रा गरेको पाइए कारबाही गरेको छ । यसबाहेक अत्यावस्यक सेवाका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार