असोज १८, २०८३ आइतबार October 4, 2026

मोटरसाइकलमा जोर/विजोर लागु नहुने, दुई जना चढे नियन्त्रणमा लिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलमा जोर विजोर प्रणाली लागु नरहेको स्पष्ट बनाएको छ। महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले सरकारले गरेको निर्णय कार्यान्वयन सुरु भएको जानकारी दिएका छन।

‘मोटरसाइकलमा जोर विजोर प्रणाली लागु गरिएको छैन। तर एक जनाभन्दा बढी चढेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ’, एसपी श्रेष्ठले भने। उनका अनुसार अहिलेसम्म ३ सय ४४ मोटरसाइकल र एक सय ४९ चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।

जोर/विजोर प्रणालीका आधारमा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन।

सरकारले लकडाउन खुकुलो पारेसँगै निजी सवारी साधनका लागि लागु गरिएको जोर विजोर मोटरसाइकलका हकमा लागु नहुने निर्णय अर्थमन्त्री युवराज खतिवडाले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार जानकारी गराएका थिए।

सार्वजनिक यातायातमाथिको प्रतिबन्ध कायमै रहेको जानकारी दिँदै उनले मोटरसाइकलबाहेकका निजी सवारी साधनमा भने जोर बिजोर लागु हुने र लामो दूरी चल्न नपाउने बताएका थिए।

‘निजी सवारी साधनको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने छन्’, खतिवडाले भने, ‘तर निजी सवारी साधनमा चालकबाहेक बढीमा दुई जनामात्र बस्न पाइने छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार