असोज १८, २०८३ आइतबार October 4, 2026

सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँच विदेशीलाई अध्यागमनको जिम्मा लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । शनिबारको सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीलाई प्रहरीले जिम्मा लगाएका पाँचैजना विदेशीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन।

‘प्रहरीले उनिहरुलाई हिजै हाम्रो जिम्मा लगाएको हो। अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ’, महानिर्देशक केसीले भने।

उनीहरु कुन भिसामा आएका हुन्, भिसाको अवस्था के हो लगायत विषयमा अनुसन्धान गरेर आवश्यक कारबाही हुने अध्यागमन विभागले जनाएको छ। त्यसपछि पाँचैजनालाई ‘डिपोर्ट’ गरिने छ।

प्रहरीले माइतिघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ, अमेरिकी, क्यानडियन, नर्वेजियनलगायत पाँचजना विदेशीलाई पक्राउ गरेको थियो।

उनीहरु नेपाली युवाले निकालेको सरकारविरोधी प्रदर्शनमा प्लेकार्डसहित उपस्थित थिए। विदेशी नागरिकलाई यस्ता गतिविधिमा संलग्न हुन प्रतिबन्ध हुन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार