असोज १८, २०८३ आइतबार October 4, 2026

भोजपुरमा चट्याङ्गले बालिकाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार