असार ३१, २०८२ मंगलबार July 15, 2025

काठमाडौँ उपत्यकामा होम डेलिभरी तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, काठमाडौँ । बन्दाबन्दीमा चक्रपथभित्र अनलाइन मार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।

बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

“शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उनले भने । चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजर समेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

४१८ डेलिभरी

लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४१८ अनलाइन अर्डर आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिइन् । उनका अनुसार अनलाइन डेलिभरीवाट रु १३ लाख ४३ हजार ७६५ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २०५ क्विन्टल चामल, दश क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, दुई क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ ।

हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक तीन भ्यान मार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ ।

काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गरिँदै आएको छ । प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ ।

अनलाइन मार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवा मार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । कम्पनीले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पिठो र आयो नून तथा डिडिसीसँग समन्वय गरी शुद्ध घिउ बिक्री गर्दै आएको छ ।

यसअघि बिक्री गरिँदै आएको विद्युतीय चुलोलाई समेत बिक्रीमा राख्ने तयारी भएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरीद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार